इन्द्रेणी संवाददाता
दाङ, ९ कार्तिक । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नेपाल र नेपालीहरुको समृद्धि नचाहाने केही वाह्य सक्तिले अहिलेको गठबन्धनको सरकारलाई मन नपराएको बताएका छन् ।

प्रेस सेन्टर दाङ शाखाको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महराले अहिलेको पाँच दलिय गडबन्धनको सरकार मुलुकलाई लोकतान्त्रिक संविधानको ट्रयाकभन्दा वाहिर जान नदिन र मुलुकको संमृद्धिका लागि बनेको समेत बताए । तर केही संविधान विरोधी र अन्तर्राष्ट्रिय केही शक्तिहरु खुशी नभएको बताए ।

यस्तो सक्ति मुलुक र जनताको संमृद्धिका नचाहाने भन्दै महराले यसमा सबै सचेत बन्नुपर्ने बताए । पूर्व सञ्चारमन्त्री समेत रहेको महराले प्रेसको सन्दर्भलाई कोट्याउदै जनताप्रति उत्तरदायी भएर समाजवाद उन्मुख पत्रकारितामा लाग्न आग्रह समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले पत्रकारहरुले स्वतन्त्र र निष्पक्ष भएर कमल चलाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङशाखाकी उपाध्यक्ष वसुन्धरा गौतमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राबाट नै मुलुकको विकास सम्भाव भएको धारणा राखिन् ।

प्रेस सेन्टर दाङका संयोजक प्रकश चौधरीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा, माओवादी केन्द्र दाङका संयोजक सुवास पुन, इच्छुक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश संयोजक मानसिङ बिश्वकर्मा, प्रगतिशील पत्रकार संघका महेश रिजाललगायतले शुभकामना व्यक्ति गरेका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई प्रेस सेन्टरलाई यहाँसम्म ल्याउन योगदान गरेको भन्दै सम्मान गरेको थियो ।