काठमाडौं, ९ कार्तिक । केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएको वेला सत्ताको चास्नीमा डुवेर माओवादी परित्याग गरी एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह अन्तः एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् ।

अब उनले पुरानै नेकपालाई ब्युँताउने तयारी थालेका साहले आफ्नै अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारिसकेको बताइएको छ ।

ओलीले आफूहरुसँग सहमति गरेका ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको भन्दै साहले एमालेमा नबस्ने निष्कर्ष निकालेका हुन् ।