काठमाडौं, ८ कार्तिक । बेमौसमी वर्षातका कारण ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ। बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानवाली काम नलाग्ने गरी क्षति भएको छ।

सातवटै प्रदेशको प्रारम्भिक रिपोर्ट अनुसार ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विषेश गरी किसनाहरुले भित्र्याउने तयारीमा काटेर राखेको धानमा क्षति भएको छ ।

वर्षातका कारण भएको डुवानका कारण काटेर भित्र्याउन तयारी रहेको धान खेतमै उम्रिएको छ । पीडित किसानहरुलाई सरकारले राहातका कार्यक्रम ल्याउने भने पनि अहिलेसम्म केही ल्याएको छैन ।