इन्द्रेणी संवाददाता
दाङ, ७ कार्तिक। दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ६ प ७६३३ नम्बरको बस हात्तिखौवामा दुर्घटनामा परेको हो ।

आइतवार साँझ ५ बजेतिर भएको दुर्घटनामा परी घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।