धादिङ, ७ कार्तिक । धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।बसका आगो लागेपनि यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।