इन्द्रेणी संवाददाता

दाङको घोराही स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि तीन हप्ते  क्षमता अभिवृद्धि तालीमको उद्घाटन गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक शिक्षालयका बिद्यार्थीहरुलाई कसरी प्रभावकारी तरिकाले सीप सिकाउने भन्ने बिषयमा प्रशिक्षकहरुलाई जानकारी गराउन तालीमको आयोजना गर्नुपरेको शिक्षालय प्रमुख अच्युतराज दाहालले जानकारी दिए ।

243010153_896305481282768_2412948335200622718_n

सिटिइभिटी अन्तर्गत प्राबिधिक प्रशिक्षण प्रतिष्ठान (टिआई टिआई) को आयोजनामा तीन हप्ते आइएस १ तालीमको भौतिक कक्षा शिक्षालय मै प्रदान गर्न लागिएको हो ।

प्राबिधिक शिक्षालयमा पढाउने प्रशिक्षकहरु व्याबहारिक शिक्षा दिन दक्ष, योग्य र क्षमतावान हुनुपर्ने भएकाले प्रशिक्षकहरुको पढाउने शैली र तरीकालाई पुनर्ताजकी गराउन आफुहरु शिक्षालयमा आएर प्रशिक्षकहरुलाई तालीम दिन थालिएको टिआई टिआईका सिनियर प्रशिक्षक इन्जिनियर पुरुषोत्तम चापागाईंले जानकारी दिए ।

243071103_836621893721413_8394726098992214634_n

शिक्षालयका ४० जना प्रशिक्षक सहभागी भएको तालीम यस अघिनै दुई हप्ता अनलाइन माध्याम बाट प्रदान गरिएको थियो । तालीमको प्रशिक्षकहरुमा पुरुषोत्तम चापागाईं, उत्तम लुइँटेल, सन्देश थापा र श्रोत व्यक्ति तथा शिक्षालय प्रमुख अच्युतराज दाहाल रहेका छन्  ।