बुटवल, १२ असोज। रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

accdentसैनामैना बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिँदा सैनामैना ५ की राधा भट्टराई र छोरा महेश भट्टराईको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।