इन्द्रेणी संवाददाता
तुलसीपुर, ३० । हावाहुरीसहित आएको पानीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भट्टेमा डेढ विघाह क्षेफलमा लगाएको टमाटर खेतीमा क्षति पु¥याएको छ । टमाटर खेतीमा क्षति पुगेपछि त्यहाँका किसानहरु चिन्तित भएका छन् ।
यसबीच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर टमाटर खेतीको अवलोकन गरेका छन् । नगर प्रमुख पाण्डे हावाहुरी प्रभावित किसानको बारीमा पुगेर क्षतिको जानकारी लिएका हुन् ।
किसानहरुलाई नआत्तिन सुझाउँदै नगर प्रमुख पाण्डेले कृषि प्राविधिकलाई क्षतिको एकिन मूल्याङ्कन गर्न लगाएर आवश्यक राहतका लागि प्रकृया अघि बढाउने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा गएको चैत्र महिनादेखि तरकारी ब्लकको रुपमा त्यहाँका २५ घरधुरी किसानले व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन् । जसमध्य १४ जना किसानले लगाएको टमाटर खेतीमा हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएको छ । हावाहुरीले ४० लाख बढीको क्षति पुर्याएको भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले बताए ।











