देउखुरी, २९ भदौ । राप्ती गाँउपालिकामा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरी ५७ औ राष्ट्रिय बाल दिवश मनाइएको छ ।

IMG_9554सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगीताको आयोजना गरी राप्ती गाउँपालिकामा ५७ औ राष्ट्रिय बाल दिवश मनाइएको हो ।

बालबालिकाको क्षमता अभिबृद्धि, बाल सहभागीता,बाल संरक्षण तथा बाल विकासका लागि राप्ती गाउँपालिका महिला, बालबालिका, तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवशको अवसर पारेर माध्यामिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा बाल दिवशको अवसरमा बक्तृत्वकला प्रतियोगीता कार्यक्रम भएको थियो ।

बाल दिवशको अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संविधानले बालबालिकाको हकका लागि गरिएको व्यवस्था, बालबालिका सम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि काम गरिएको बताए । माध्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले बक्तृत्वकला प्रतियोगीतामा सहभागीता थिए ।

प्रतियोगीतामा शंकर माध्यामिक विद्यालय पीपरीका रमेश सुन्दास प्रथम, आदर्श नमुना माध्यामिक विद्यालय लालमटियाका निरज केसी द्धितिय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङका प्रदिप घर्तिले तृतीय भएका थिए । विजयी छात्र छात्रालाई बाल दिवशको अवसरमा पुरस्कार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।