इन्द्रेणी संवाददाता
दाङ, २७ भदौ। दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लाहरुमा आज अट्वारी पर्व मनाइँदैछ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गरिन्छ ।
आजको दिन थारु समुदायका महिलाहरु पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गर्दछन् । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाइ मनाउने प्रचलन छ ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले अट्वारीका अवसरमा दाङ, बाँके र बर्दियामा थारु समुदायका मानिसहरुलाई सार्वजनिक बिदा दिएको छ । दाङमा घोराही उपमहानगरपालिकाले आज एक दिनका लागि सार्वजनिक विदा दिएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन ।
विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको बताउदै शुभकामना सन्देशमा बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको बताएका छन् ।











