इन्द्रेणी संवाददाता
काठमाडौं, २५ भदौ। मन्त्रीपरिषद् विस्तार, एमसीसीलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ । एमसीसीकै बारेमा छलफल गर्न एमसीसीका उपाध्यक्षसहितको टोली नेपाल आएको छ ।
टोलीले हिजो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइै भेट गरेका थिए । आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका प्रचण्ड, माधव नेपाललगायतका नेताहरुलाई भेट गर्ने कार्यक्रम छ ।











