इन्द्रेणी संवाददाता
काठमाडौं, १९ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा १ हजार २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

koronanaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ । शनिवार २ हजार १९५ जना निको भएका छन् ।