तुलसीपुर, ११ भदौ । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बेलझुण्डी खानेपानी आयोजना सम्पन्न भएमा एक घर एक धाराको नाराले सार्थकता पाउने बताएका छन् । बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

237771006_3075243826073173_8702971936925789891_nदाङमा सहलगानीमा परेका तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्य बेलझुण्डी सहलगानी खानेपानी अयोजनाको सम्झौतासंगै अब निर्माणको काम अघि बढ्ने भएकाले तोकेको समयमा काम सम्पन्न गरेर इमानदारिता प्रर्दशन गर्न नगर प्रमुख पाण्डेले व्यवसायीलाई आग्रह गरे ।

बेलझुण्डी खानेपानी आयोजनाको निर्माण कार्यका लागि झण्डै ३१ करोडमा सम्झौता भएको छ । तुलसीपुर उपमहानगरपालिकाको रोहबरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंज, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र निर्माण कम्पनी मृतसञ्जीवनी स्वामीनारायण सगुन जेभी बिच शुक्रबार सम्झौता भएको हो ।

सहलगानी अन्तर्गत ३६ करोडको स्टमेट भएपनि निर्माण कम्पनीले ३० करोड ७३ लाखमा दुई बर्षमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

कार्यक्रममा निर्माण व्यवसायी सहदेव खड्काले काम गर्ने वातावरण तयार भएमा तोकेको समय भन्दा ६ महिना अघि आयोजनाको काम सम्पन्न गर्ने दाबी गरे । त्यसका लागि उपभोक्ताले निर्माण स्थलको छनौ र साइड किलियर गरिदीनुपर्ने व्यवसायी खड्काले बताए ।