इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेडेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलिएको छ । सिंहको कार्यकक्षमै पुगेर सर्जन परियारको समूहले कालोमोसो दलेको हो । मेसुमाथि कालोमोसो दलेपछि त्यो समूह फरार रहेको बताइएको  छ ।

rapti pअस्पतालका मेसुमाथि नै कालोमोसो दलेपछि त्यहाँका स्वास्थ्यकर्मीले विरोध गरेका छन् । उनीहरुले अस्पतलाको आकस्मिक सेवा, डालासिस र गाइनो वार्ड बाहेक सबै सेवा बन्द गरेका छन् ।

मेसु सिंहलाई शुक्रबार दिउँसो कालोमासो दलिएको हो । सिंहसँग सामान्य विवाद हुँदा त्यो समूहले मोसो दलेको अस्पताल प्रशासनले जनाएको छ । प्रहरीका अनुसार डा. सिंह माथि कालोमोसो दल्नेहरु सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्का हुन् । उनिहरु मेसुलाई कालोमोसो दलेर मोटरसाइकलबाट भागेका थिए । मेसु सिंहमाथि कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । मेसुमाथि भएको अभद्र व्यवहारको सर्वत्र विरोध भएकोे छ । साथै दोषिमाथि कारवाहीको माग गरिएको छ ।