इन्द्रेणी संवाददाता
काठमाडौं, ७ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koro८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी कुल १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको छ । सोमवार १ हजार ९२२ जना निको भएका छन् ।