इन्द्रेणी संवाददाता

काठमाडौँ, ६ भदौ । वर्षेनी रोजगारको खोजीमा विदेशियका नेपालीहरु वाकसमा फर्कन वाध्य छन् ।

sab विदेशमा जान्छु र केही पैसा कमाएर ल्याएर पारिवारिक जोहो गर्छु भन्ने झिनो लक्ष्यले विदेशियका नेपाली युवाहरु त्यहाँ विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । शनिवार मात्रै स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ ।

कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए । उनका अनुसार विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ ।