इन्द्रेणी संवाददाता
दाङ, १८ साउन । दाङको घोराहीमा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्ने दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

Untitled-1 copyपक्राउ पर्नेहरुमा घोराही उपमहानरपालिका १३ मंलेरीका १८ वर्षका सुवास विक र सोही ठाउँका प्रकाश भुसाल रहेका छन् । उनीहरुले साउन १२ गते रातको समयमा एटिएम मेसिन फोडेर फरार भएका थिए ।

फरार उनीहरुलाई लुकिछिपी वसेको अवस्थामा घोराही १५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मेसिन फोडे पनि उनीहरुले पैसा भने लिन पाएनन् ।