इन्द्रेणी संवाददाता
काठमाडौं, १५ साउन। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।











