देउखुरी, १ साउन । राप्ती गाउँपालिका बालबालिका पूर्णखोपयुक्त पालिका घोषणा भएको छ । राप्ती गाउँपालिका पूणर् खोप समन्वय समितिले गत असार २१ गते पूर्णखोपयुक्त पालिका घोषणा सिफारिस गरेको हो ।

IMG_7188राप्ती गाउँपालिकाका १५ महिना भित्रका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्था पाइएकोले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रमाणीकरण प्रक्रिया पुरा गर्दै विहिवार यस आर्थिक वर्ष २०७७/७८मा पूणर् खोप बालबालिका युक्त पालिका घोषणा गरेको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल उदेश्यका साथ राप्ती गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना भएको कारण जिल्ला जनस्वास्थ्य कार्यालय दाङद्धारा राप्ती गाउँपालिका पूणर् खोप युक्त पालिका घोषणा गरिएको हो ।

विहिवार घोषणा सभामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाही, जनप्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारीको सहभागीतामा कोरोना भाइरसको त्रासका बीचपनी स्वास्थ्य कर्मीको उच्च मनोवलका साथ खोप लगाउने कामसम्पन्न गरेकोमा सम्मान गर्दै राप्ती गाउँपालिकालाई पूणर् खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको हो ।
सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार पुणर् खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूणर् खोपको अवधारणा शुरु गरेको हो । यस कार्यक्रममा खोपबाट छुट भएका सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिना भित्र पुणर् खोप लगाईने स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।