दाङ, ३१ असार । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फोर ल्यान सडक, क्रसर उद्योग र ट्रिपरको विषयमा उल्झीएका समस्याहरु केही समयमै समाधान हुने बताएका छन् ।
रिपोर्टर्स क्लव दाङमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस क्षेत्रमा सञ्चालन भएका सिमेन्ट उद्योगमा प्रयोग भएका ट्रिपरहरुले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इमान्दारिता नअपनाउदा समस्या आएको बताए ।
उनले मापदण्डी विपरीत सञ्चालन भएका ट्रिपरहरु लाई जरिमाना लियर पहिलो पटक छोडेको भन्दै अव जरिमाना नभई मापदण्ड विपरीत सञ्चालन भएको पाइएमा चालक र सहचालकलाई मुद्धा चलाउने बताए । ‘हामीहरुले हिजोमात्र ट्रिपरहरुलाई होलडिङ गरेर मापदण्ड अनुसार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, अव नियम नमानेलाई जरिमाना होइन कानुनी कारवाही गर्ने छौं उनले भने ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्लाको गौरवको आयोजना फोरल्यान सडकको विषयमा धेरै कुरा उठेको भन्दै त्यो आयोजनाको काम सञ्चालन हुने बताए । ‘सरकारले नीति निर्माण गर्नेहो सरकारको नीतिलाई हामीहरुले कायान्वयन गर्नेहो ,सञ्चालन भएका योजनाहरुलाई समयमै सक्न हाम्रो पहल हुने छ’ उनले भने ।
उनले सम्वन्धीत कम्पनी र निर्माणको जिम्मा पाएको कम्पनी संग समन्वय भई रहेको भन्दै त्यसले आफनो पाला सम्म पूर्णता पाउने बताए । ‘हामीहरुले आयोजना सञ्चालन गर्न केके समस्या छन् भन्ने बारेमा बुझेका छौं, अव छिटै निर्माणको काम अगाडी बढने छ उनले भने । उनले पत्रेखोलाको कचवयको उधारण दिदै सामान्य कामपनि एक अर्को सम्वन्धीत कार्यालयको समन्वय नहुँदा समस्या सामाधान हुन नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारीले सम्वन्धीत निकायले पनि त्यस तर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै दाङमा सञ्चालन भएका क्रसर उद्योगहरुको विषमा पनि धेरै कुराहरु उठेको भन्दै यसको विषमा पनि छलफल गरि अगाडी बढने बताए ।











