काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।

madav nepalप्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि नेता नेपालले सर्वोच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको स्ष्टीकरण दिएका हुन् ।