काठमाण्डौ, १ साउन
गायिका दिलमाया खातिको स्वास्थ्यमा समस्या देखिएको छ । दार्जि्लिङको घुममा बस्दै आउनुभएकी गायिका खातिको छातिमा समस्या देखिएको गायक संगीतकार दुर्गा खरेलले जानकारी दिनभुएको छ ।dil maya 1

केही दिन अस्पताल बसेर अहिले घर फर्किनु भएकी गायिका खातिलाई खाना अरुची हुने गरेको संगीतकार खरेलले जानकारी दिनुभयो । चिसोका कारण उहाँको स्वास्थ्यमा समस्या देखिएको हो ।

१९९९ साउन २३ गते दार्जि्लिङको घुम पहाडमा जन्मनु भएकी गायिका खाति अविवाहित हुनुहुन्छ ।२०७१ सालमा नारायण गोपाल संगीत कोषले उहाँलाई स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार प्रदान गरेको थियो ।

उहाँले गायका बचाइ राख सम्झनाभित्र म कहिले मर्दिन, सावन फर्की फेरि आयो माया लगाइ निष्ठुरी फर्केन, विछोडको पीडा नसकी खप्न दसैँको बेलामा जस्ता गीत चर्चित छन् ।।