इन्द्रेणी संवाददाता
काठमाडौं, १६ जेठ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ जनाले कोरोना जितेका छन् ।
त्यस्तै ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ४ हजार ३६९ जनाको कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ । हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।











