तुलसीपुर, १६ जेठ । तुलसीपुर मेट्रो अस्पताललाई तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरुले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान ह्ील चिएर, ५ थान विपि सेट, एक्सरे बक्स २ थान, सेनिटाइजर, मास्क लगाएतका सामानहरु उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिए ।
विद्यार्थीहरुले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै युवा विद्यार्थीहरुको रचनात्मक सहयोग र सहकार्यले नयाँ नेपालमा निर्माणमा टेवा पुग्ने बताए ।
यसैगरी दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरुले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ घरभई हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका–८ घरभई हाल यू.एस.ए बस्दै आएका ललित चालिसे, तुलसीपुर –५ निबासी प्रविन गौतम, तुलसीपुर–९ घरभइ हाल अस्ट्रेलिया निबासी यज्ञ ढकाल र तुलसीपुर १ घरभई हाल काठमान्डौ बस्दै आएका लोकराज ढकालले कोरोना आइसोलेसन संचालन भएको मेट्रो अस्पताललाई उक्त सामग्री सहयोग गरेका हुन् ।
कन्सट्रेटरले प्रति मिनेट १० लिटर अक्सिजन उत्पादन गर्ने सहयोगी दाताहरुले जनाएका छन् । कन्सरट्रेटर एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ ।











