इन्द्रेणी संवाददाता
सल्यान, १ साउन
सल्यानमा आफ्नो पढाई खर्च जुटाउन एक बालिका गिट्टि कुट्दै आउनुभएको छ । सल्यानको शारदा नगरपालिका १ चैवाङकी ९ वर्षिया कल्पना विष्टले पढाई खर्च जुटाउन गिट्टि कुट्दै आउनुभएको हो । gitti

शारदा प्राथमिक विद्यालय चैवाङ कक्षा ४ मा अध्ययनरत विष्टले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएका कारण आफुले गिट्टि कुटेर पढाई खर्च जुटाउन बाध्य भएको वताउनुभयो । गिट्टि कुटेर आएको पैसाबाट आफ्नो र भाइबहिनीहरुको लागी चाहिने कपि, कलम, डे«स किन्ने र घर खर्चमा सहयोग गर्ने गर्नुभएको छ ।

एक ट्याक्टर गिट्टि बनाउन १५ देखि २० दिनसम्म लाग्ने र एक ट्याक्टरको २ हजारमा बिक्रि हुँने उहाँको भनाई छ  ।।