इन्द्रेणी संवाददाता

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना पुष्टि भएको छ ।

coronabata mrityuपीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ६४ र एन्टीजेन विधिबाट परीक्षण गर्दा १०९ जना गरी ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी वितेको २४ घण्टामा कोरोना संक्रमणबाट २४६ जनाको ज्यान गएको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोनालाई जितेका छन् ।