इन्द्रेणी संवाददाता
दाङ, ६ जेठ । तुलसीपुर उपमहानगरपालिको पहलमा सञ्चालन भएको तुलसीपुर मेट्रो अस्पताललाई सहयोग उठ्ने क्रम जारी छ । दैनिकजसो सहयोगी हातहरुले अस्पताल सञ्चालन तथा व्यवस्थापनमा आफ्ना सहयोगी हातहरु बढाइरहेका छन् ।

Oxjen constretorयसैक्रममा सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा कन्सट्रेटर सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिएका छन् ।

काठमान्डौबाट दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा पुगेर सामुदायिक वन महासंघले अक्सिजन कन्सटे«टर सहयोग गरेको हो । वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी तुलसीपुरका दुई वटा सामुदायिक वन उपभोक्ता समूहले तुलसीपुर मेट्रो अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ८ बटोलपुर स्थित मायालु र सृजना सामुदायिक वन उपभोक्ता समूहले २५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिएका छन् ।

त्यस्तै साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गरेका छन् । तुलसीपुर १ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेका हुन् ।