इन्द्रेणी संवाददाता
दाङ, १ साउन
दाङ देउखुरी भुसे इट्टा व्यवसायी समितिको प्रथम अधिवेसनले अध्यक्षमा गोविन्द गिरीलाइ चयन गरेको छ । समितिको घोराहीमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रमेश वली, सचिवमा हरिप्रसाद बुढाथोकी, सह–सचिवमा प्रविण सिंह, कोषाध्यक्षमा रञ्जितजंग चौधरी रहनुभएको छ ।savapani

त्यस्तै समितिको सदस्यहरुमा खगेन्द्र पुन, मित्रलाल जिरी, खगेन्द्र अधिकारी, देवप्रसाद चौधरी हुनुहुन्छ भने सल्लाहकारहरुमा रामप्रसाद विश्वकर्मा, मग्घुलाल चौधरी, मधुसुदन केसी रहनुभएको छ ।

साथै जिल्लामा सञ्चालित ७४ वटा भुसे इट्टा उद्योगमध्ये २५ वटाले मात्र बैधानिकता पाएका छन । सो अवसरमा समितिका कोषाध्यक्ष गिरीले आर्थिक प्रतिवेदन र सचिव हरिप्रसाद बुढाथोकीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।।