इन्द्रेणी संवाददाता
सुर्खेत, २९ वैशाख । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

609bbcbfb7f9f_karnaliमाओवादी केन्द्रकै नयाँ तीन जनालाई मन्त्रीमा नियुक्त गरिएको छ । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको युवा तथा खेलकुद महाशाखालाई गाभेर आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतका विन्दमान विष्टलाई नियुक्त गरेका छन् ।

यस्तै भौतिक पुर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाइएको छ । जसमा सुर्खेतकै सीताकुमारी नेपालीलाई नियुक्ति गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुमपश्चिमका गोपाल शर्मालाई नियुक्ति गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम बिहीबार तय गरिएको छ । बुधबार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिल तथा योजना मन्त्री बिमला केसीले राजिनामा दिए पछि नयाँ मन्त्रीलाई नियुक्त गरिएको हो ।