पोखरा, २९ बैशाख । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई कारबाही गरेको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गरेको हो ।
पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाएको छ। पाटीले कारवाही गरेपछि थापाले पोखरा छोडेका छन् ।











