काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

corona२० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको छ ।