काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भए । त्यसपछि नयाँ सरकार गठनमा प्रतिपक्षदलहरुसहितको छलफल भएपनि सरकार गठनमा सकस देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बारेमा नयाँ प्रधानन्धी बनाउने छलफल भएपनि सकस देखिएको छ ।

pmआफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनाल–नेपाल समूहसँग पनि छलफल जारी रहेका छन् ।

आफ्नै पार्टीको पदाधिकारी बैठकबाट नयाँ सरकार बनाउन तयारी थाल्न अनुमोदन पाएसँगै उनले आफ्नै निवासमा हिजो बेलुकी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलसँग छलफल छन् । ३ दिनभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरिसकेकी छन् । त्यो समय भोलि सकिदैछ ।

३ दिनभित्र बहुमतको सरकार गठनका लागि पहल हुन नसकेमा राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।