पोखरा, २९ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहारिने सम्भावना बढेर गएको छ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बन्दै गएपछि गुरुङ नै दोहारिने सम्भावना बढेको हो ।
राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको छ ।
जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङको विपक्षमा उभिने र विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुभएको थियो । ३ दिनको समय आज सकिँदै छ ।











