इन्द्रेणी संवाददाता
पोखरा, २९ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै भएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ मुख्यमन्त्री बनाउन दिएको समयभित्र अन्य दलहरुले वहुमत पुर्याउन नसक्दा फेरि गुरुङ मुख्यमन्त्री बनेका हुन् ।

gurungप्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाए पनि आवश्यक बहुमत पु¥याउन सकेनन् । गुरुङ वैशाख २६ मा पदबाट राजीनामा दिएका थिए । आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छिन् ।