इन्द्रेणी संवाददाता

नारायणपुर, २६ चैत । नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा आजदेखी नारायणपुरमा ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ सुरु भएको छ । ‘कृषी व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमुल्य योगदान’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको महोत्सवको भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो । महोत्सव हुनुभन्दा पहिले शोभा यात्रा भएको थियो । महोत्सव स्थलबाट सुरु भएको शोभायात्राले पूर्वमा जलौरा चोक र पश्चिममा डोक्रेना चोक हदै महोत्सव स्थलमा पुगेको थियो । शोभायात्राम त्रिपुर नगरपालिका क्षेत्रका विभिन्न कला संस्कृतिक झल्कने झाँकीजुलुस सहित आफ्नो भेषभुषामा विभिन्न जातिय संघसंगठन, संस्था लगायतको सहभागीता रहेको थियो । शोभायात्रामा हजारौको सहभागीता रहेको थियो । महोत्सव वैशाख ६ गतेसम्म सञ्चालन हुने छ ।

22222222222222222222

महोत्सवको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारीले जिल्लामा मेला महोत्सव वाट विकास निर्माणमा सहयोग पुगेको बताउनुभयो । उहाँले विभिन्न नामबाट सञ्चालन गरीएपनि यस्ताले जिल्लामा विकासमा महत्वपुर्ण भुमिका खेलको बताउनुभयो । महोत्सवले सवैलाई एक स्थानमा उभ्याएर विकास निर्माणमा सहयोग पु-याएको उहाँको भनाई छ । सामजिक कार्यका साथ आयोजनक गरिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने अधिकारीले बताउनुभयो । साथै त्रिपुर क्षेत्रको विकासकालागी लागीपर्न नगरबासीहरुमा अनुरोध पनि गर्नुभयो ।

महोत्सव आयोजक मूल समितिका संयोजक एवं नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालको अध्यक्षतामा भएको महोत्स्व उद्घाटन कार्यक्रममा नेपाली काग्रेस त्रिपुर ईकाई सभापत्ति दीपक पाण्डे, एकालेका नगर सचिव मतकुमार पौडेल, एमाओवादीका प्रमोद शर्मा, राप्रपा नेपालका धुव्र गौतम नेकपा माओवादीका रमेश वली, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, राप्रपाका प्रेमबहादुर नेपाली, राष्ट्रिय जनमुक्ती पार्टिका ठाकुर रोका, नेकपाका पशुपति चौधरी, थरुहट तराई पार्टिका धनिराम चौधरी, सद्भावना आनन्दीदेवीका ओमप्रकाश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा, नारायणपुर उद्योग वाणीज्य संघका संस्थापक अध्यक्ष बलदेव शर्मा, नगर विकास समितिका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष प्रकाशकुमार शर्मा, उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल), महिला संघ दाङ क्षेत्र नम्बर ३ का अध्यक्ष जानका केसी, बाल अस्पताल सर्राका प्रदिप योगी, जनता क्याम्पस बिजौरीका प्रमुख माधव अधिकारी, उमावि नारायणपुरका प्राचार्य टोपबहादुर केसी, उपत्यका खानेपानी संस्थाका अध्यक्ष दानबहादुर बुढाथोकी, देउखुरी उद्योग वाणीज्य संघका उपाध्यक्ष ताराप्रसाद खनाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष एवं गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक विपुल पोख्रेल, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण), महतावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्योग वाणीज्य संघका उपाध्यक्ष दोर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई अर्का उपाध्यक्ष अभियान बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव धनेश्वर आचार्यले गर्नुभएको थियो ।