काठमाडौं, १८ चैत्र । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ मध्ये आठ नेतालाई केपी ओली पक्षले पार्टीका विभिन्न प्रदेश र विभागमा जिम्मेवारी दिएको छ ।

oli-badalसर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपा अवैधानिक रहेको फैसला गरेपछि बसेका ओली पक्षका विभिन्न कमिटीका बैठकपछि जारी अन्तरपार्टी निर्देशन ९अपानि०मार्फत माओवादीबाट प्रवेश गरेका नेताहरूको जिम्मेवारी तोकिएको छ ।

अन्तरपार्टी निर्देशनमा पार्टी एकता भंग भएपछि माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनासहित दुई सय ६४ जना राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका नाम विभिन्न कमिटीमा पठाइएको छ । जसमा एमालेले रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्ज, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्तै सहइन्चार्जमा टंक आङबुहाङलाई प्रदेश नम्बर १, मणि थापा र गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेश, लिलबहादुर थापालाई गण्डकीको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रभु साहलाई प्रदेश नम्बर २ को अध्यक्षको जिम्मेवारीमा राखिएको छ । टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ ।