काठमाडौ, १८ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

madav nepalमंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य गरेको भन्दै त्यसको विरुद्धमा जुट्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रसँगको एकीरकणविरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न लागिपरेका ओली फागुन २३ मा सर्वोच्चले पुनर्जीवित गरेको एमालेलाई पनि विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् नयाँ पत्रिकामा खबर छ ।