इन्द्रेणी संवाददाता
काठमाडौं, १७ चैत्र । सरकारले आजदेखि चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको छ । देशभरमा वायु प्रद्रषणको उच्च जोखिम भएको भन्दै सरकारले आउदो शुक्रवारसम्मका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

school-bandaकेही दिनदेखि राजधानी काठमाडौंलगायत देशभरको आकाशमा कालो तुवाँलोजस्तै देखिएको छ । यो वायु प्रद्रर्षणको उच्च जोखिम भएको र यो अवस्था अझै केही दिन रहने भन्दै सचेत हुन सबैलाई विज्ञहरुले सुझाव दिएका छन् ।