काठमाडौं, १७ चैत्र। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताए ।
ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
यसैबीच अर्का नेता रावलले ओलीको कारबाहीलाई ‘निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जाजमार्फत कारबाही खारेजीको मागसमेत गरेका छन् ।
‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्णरूपमा अस्वीकार गर्दछु,’ उनले भनेका छन् । राजधानीाबाट











