रुकुम, २६ फागुन । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी जनसरकारमा ‘रजिष्ट्रेशन पास’ गराएको घरजग्गामा उनका छोरा खड्क बहादुरले आफ्नो हकभोग स्थापित गर्न सकेका छैनन् । आठ वर्षदेखि उनको जग्गाको स्वामित्व विवादमा छ ।

janaखड्क बहादुरका बाबुले २०५६ सालमा छिवा कुमारी घर्तीबाट ७ लाख रुपैयाँमा घर, गोठ र शौचालयसहित झण्डै ५ हजार वर्गमिटर ९करिब १० रोपनी० जग्गा किनेका थिए । तर, अहिले जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा रजिष्ट्रेशन भएको घरजग्गा आफूले हकभोग गर्न पाउनुपर्छ भन्ने छिवा कुमारी घर्तीको दाबी छ ।

आफ्ना बाबुले किनेको जग्गामा आफ्नो हकभोग हुनुपर्छ भन्ने तर्क खड्क बहादुर कामीको छ । एउटै घरको दायाँतिरको कोठामा छिवा कुमारीको बसोबास छ भने बायाँतिरको कोठामा खड्क बहादुरको । वर्षे होस् वा हिउँदे, हरेक बाली लगाउँदा र भित्र्याउँदा उनीहरूबीच किचलो हुन्छ । कति पटक त कुटाकुट समेत हुने गरेको छ ।

खड्क बहादुरका बाबुले सोही वडाको अलि माथिको पुख्र्यौली घरजग्गा बेचेर छिवा कुमारीको जग्गा किनेका थिए । गहभरी आँशु पार्दै खड्क बहादुर भन्छन् ‘मेरा बालाई उही वडामा किन बसाइ सर्न मन लागेको हो, त्यसमा पनि यही जग्गा किन किन्नुपरेको हो ।’ खड्कबहादुरका बुबा तीन वर्षअघि बितेका हुन् ।

छिवा कुमारी घर्ती र तिले कामीले जग्गा किनबेच गर्दा तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र सङ्घर्ष चरम उत्कर्षमा थियो । बिहान घाँस लिन जङ्गल गएका घँसराहरू दिउँसो फर्कि आउने टुङ्गो हुँदैनथ्यो । कति विद्यालय रणभूमि बनेका थिए । थुप्रै सरकारी कार्यालय आगजनी गरेर ध्वस्त पारिएको थियो ।

द्वन्द्वको प्रभाव देशभरि परेका बेला माओवादीले ‘जनयुद्ध’ को उद्गमस्थल र आफ्नो आधार इलाका मान्ने गरेको रुकुममा प्रभाव नपर्ने कुरै थिएन । विद्रोही पक्षले रुकुमलाई आधार क्षेत्र मानेर आफ्ना गतिविधि बढाएको थियो भने राज्यपक्षले पनि भएभरको शक्ति यहीँ केन्द्रित गरेको थियो । २०५६ सालमा प्रहरीले ६८ वटा घरमा आगो लगाएको थियो । , २०५९ र २०६१ मा विद्रोहीले सैनिक ब्यारेक कब्जा गर्न खोज्दा ठूलो क्षति व्यहोरेको चर्चित ठाउँ नै हो, रुकुमको खारा ।

खड्क बहादुरका बाबुले जग्गा किनेपछि आफ्नो नाममा पास गराउन सदरमुकाम मुसिकोट–खलंगास्थित जिल्ला मालपोत कार्यालय जानुपर्थ्यो । खाराबाट आधा दिनको पैदल दूरीमा पुगिने सदरमुकाम जान तिले कामीलाई गाह्रो थिएन । तर बाटोभरि माओवादी अनि सदरमुकाम पुगेपछि सेना–प्रहरीबाट पाइन सक्ने अनेकन् दुःख र सास्ती सम्झेर जाने आँट गरेनन् । राजधानीबाट