काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई समेत बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र दल बिउँतिएका छन् ।
दुई दल २०७४ सालको प्रतिनिधि सभा चुनावमा मिलेर गएका थिए । दुई दल मिलेर चुनावमा गए पनि उम्मेदवार भने एमाले र माओवादीका फरक–फरक व्यक्ति नै थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको सिटका लागि २०७४ सालको मङ्सिरमा चुनाव भएको थियो । प्रतिनिधि सभाको चुनावमा तत्कालीन एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट गरी एक सय २१ सिट जितेको थियो ।
नेकपा विवादमा सर्वोच्चले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो । यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नामको पार्टी दर्ता थियो ।











