इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । दाङ प्रहरीले जिल्ला अदालतबाट १४ लाख ८० हजार जरिवाना तोकिएका ठगी फरार अभियुक्त नियन्त्रणमा लिएको छ ।

139771492_174532891087246_5609836185673699973_nपक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ वस्ने ४५ वर्षका राजेन्द्र केसी रहेका छन् । केसी विरुद्ध परेको लेनदेन मुद्दामा २०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले १४ लाख ८० हजार जरिवाना सजाय सुनाएको थियो ।

केसीलाई तुलसीपुरबाटै पक्राउ गरिएको जिल्ला प्रहर िकार्यालय दाङले जनाएको छ । उनलाई जिल्ला अदालत दाङमा बुझाइएको छ ।