घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ ।
घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमकाबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गरे ।

dentalसेन्टरमा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिए । उनका अनुुसार सेन्टरमा दाँतको तार बाँढ्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका सम्पूर्ण समस्याको उपचाग गरिन्छ ।

सेन्टरमा रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परिक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिनए । ‘हामीले केही समयभित्र दाँत बाँहेक अन्य रोगका पनि विशेषज्ञ डाक्टर सहितको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुुभयो, ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताए ।

‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’ उनले भने, ‘दाँत सम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती अञ्चलकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक कुुरा भएको बताए । उद्घाटनको दिन सम्पूर्ण सेवाहरु ५० प्रतिशत छुटमा गरिएको थियो ।

उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निशुल्क सुुगर परिक्षको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले बताए ।