तिर्थराज ज्ञवाली
देउखुरी, २३ पुस । लैंगिक हिंसामा परेकाहरुलाई न्याय सम्पादन हुदा सम्मको लागि सुरक्षित राख्नको लागि बनाईदै गरेको लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

IMG_0717राप्ती गाउँपालिका क्षेत्रका हिंसा पिडितहरुलाई राख्नका लागि राप्ती गाउँपालिकाले मौरिघाटमा लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रको स्थापना गर्न लागेको अवस्थामा माहुरी होमले आवस्यक सामाग्री उपलब्ध गराएको हो ।

दाङको राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको युके ए आइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले पिडित संरक्षण सेवा केन्द्रको लागि बस्ने, सुत्ने खाना पकाउने तथा दैनिक जिवनमा प्रयोग हुने सामाग्री न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गरेको छ ।

मधेस मानव अधिकार मञ्च माहुरी होमका कार्यक्रम अधिकृत रमेश पाण्डे र सामाजिक परिचालक पुष्पा बन्जाडेले केन्द्रमै गई सामाग्री हस्तान्तरण गरेका थिए ।