दाङ, २२ पुस । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लमिटेडको छैठौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन आज मंगलवारदेखि घोराहीमा शुरु भएको छ ।

sarbottamकोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी बिभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यबिधि अनुसार सर्वोत्तम सहकारीले पाँच दिनसम्म चरणबद्ध कार्यक्रम गरेर आफ्नो छैठौं बार्षिक साधारण सभा गर्न शुरु गरेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

संस्थाले कोभिड १९ को प्रभाबलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिबेशन गर्ने कार्यतालिका बनाएको छ । जसमा आजदेखी शुक्रवारसम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने,प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने र प्राप्त सुझावका आधारमा पुस २५ गते शनिवार वार्षिक साधारणसभा तथा अधिबेशनको समापन समारोह गर्ने कार्यतालिका बनाएर काम शुरु गरेको अध्यक्ष ध्रुवराज पौडेलले बताए ।

यस बर्षको साधारणसभा तथा अधिबेशनको समापन प्रत्येक्ष उपस्थित तथा बिद्युतिय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने संस्थाका अध्यक्ष पौडेलको भनाइ छ ।