इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी विजयी भएका छन् भने कोषाध्यक्षमा सुशील पोख्रेल वियजी भएका छन् । अध्यक्ष र कोषाध्यक्ष पदका लागि हिजो भएको मतदानमा अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल विजयी भएका हुन् ।
बुढाथोकीले एकहजार २५७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार वसन्त जोशीले एक हजार १३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्ष पोख्रेलले एक हजार २६३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धनपति शर्माले ९८५ मत प्राप्त गरेका थिए ।
हिजो विहान ८ हजोदेखि वेलुका साढे ६ बजेसम्म भएको मतदानमा कूल ४ हजार ३३८ मतदाता मध्ये २ हजार ४३२ जनाले मतदान गरेका थिए ।











