तिर्थराज ज्ञवाली
देउखुरी, ३० मंसिर । दाङ राप्ती गाउँपालिका वडा नं ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
विभिन्न उमेर समुहकालाई वडा तथा गाउँपालिकाको तर्फवाट विभिन्न सहयोग गर्ने क्रममा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्भ गरिएको हो ।
राप्ती गाउँपालिक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालेराप्ती गाउँपालिका भरिका ८० वर्ष माथिका ३१४ जना जेष्ठ नागरिकलाई सहयोगी सामग्री वितरण गरेसंगै वडा कार्यलयले विगतमा जस्तै यस वर्ष ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका वडा भित्रका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्भ गराएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी गराए ।
वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरी कार्यक्रमको सुरुवात गरिएको छ ।
वडा कार्यालयमा आउन नसक्ने ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहेका बृद्धबृद्धालाई न्यानो कपडा जनप्रतिनिधि तथा कर्मचारीहरु घरमै गई वितरण गरिने कर्मचारी परशुराम चौधरीले जानकारी दिए ।











