इन्द्रेणी संवाददाता
दाङ, २१ मंसिर । दाङ प्रहरीले खुकुरी देखाएर गहना लुटपाट गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ का २८ वर्षिय दिलबहादुर घर्ती रहेको छन् ।

IMG_0595घर्ती र सोही ठाउँका गोले चौधरीले मंसिर १० गते घोराही १३ ज्यामिरे दहबाट फर्कने क्रममा घोराही ३ का विनोद कुमार चौधरी र उनकी श्रीमती मेनुका चौधरीलाई जंगलको बाटोमा खुकुरी देखाएर उनीहरुले लगाएको २ थान सुनको सिक्री, मोवाइल सेट र दश हजार नगद लुटेका थिए ।

घटना थहापाएपछि परिचालन भएको प्रहरीले लुटेर लिएका सुनको सिक्री, एक थान मोवाइल सेटसहित घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताएका छन् । अर्का लुटेरा गोले चौधरीको भने खोजी भइरहेको छ ।