डोटी, २१ मंसिर । डोटीमा भएको जीव दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका ७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने पाँच जना घाइते भएका छन् ।
दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप गएराति करिब एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा बोगटन फुड्सिल गाउँपालिका ७ का वडा सचिव मञ्जु त्रिपाठी, उनकी सासु करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका ४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।
यसैगरी दुर्घटनामा घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका ६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिकाद१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिकाद७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, त्यही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।











