विमल योगी
दाङ, २१ मंसिर । दाङको घोराही उप–महानगरपालिका वडा नम्वर १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई संरक्षित फिर्ता पुँजी कोषको रकम वितरण सुरु गरेको छ । संथाको ९ औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनको अवसर पारी आजदेखी सो कोषको रकम वितरण सुरु गरेको हो ।

photoसंस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी आ.व.२०७६÷०७७ मा सवै भन्दा बढी बचत र ऋण कारोवार गर्ने सात जनालाई उक्त रकम बितरण गरिएको हो । गत वर्षको बचत तथा ऋण कारोवारको आधारमा सेयर सदस्य सुभाष गौतमले सबै भन्दा बढी ३७ हजार ९ सय ३५ रुपैया प्राप्त गरेका छन् ।

यस्तै सेयर सदस्य हेमराज शर्माले १९ हजार एक सय ८१, मनु आचार्यले १३ हजार चार सय ७०,गुरुप्रसाद खनालले १३ हजार दुई सय ८३, अञ्जु कुमारी शर्माले १२ हजार ६ सय ६४,बबिता महराले ९ हजार तीन सय ३४ र सरस्वती बस्नेतले सात हजार ८६ रुपैया प्राप्त गरेका छन् । अन्य सेयर सदस्यहरुलाई मंसिर २५ गते सम्म संरक्षित पुँजी कोषको रकम बितरण गरिने संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

संस्थाका कोषाध्यक्ष नवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका तालिम निर्देशक नारायण वेल्वासे र सम्मानित व्यक्तीत्व सुभाष गौतमले संस्थाले यस बर्षदेखी सुरु गरेको संरक्षित फिर्ता पुँजी कोष वितरण कार्यक्रमले सदस्यहरुमा बचत तथा र ऋण कारोवार बढाउन निकै ठुलो सहयोग पू¥याउने धारणा राखेका थिए ।

आजदेखी २५ गते सम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने,प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने तथा संरक्षित पुँजिकोषको रकम वितरण गर्ने र प्राप्त सुझावका आधारमा आगामी मंसिर २७ गते बार्षिक साधारणसभा तथा अधिबेशनको समापन गर्ने कार्यतालिका बनाएको छ ।